रोनाल्डोलाई मुद्धा हाल्ने अर्को प्रपञ्च रच्दै अमेरिकी मोडल

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

अमेरिकी मोडल क्याथरिन मायोर्गाले रोनाल्डोलाई सार्वजनिक अपराध सम्बन्धी मुद्धा लगाउने सम्बन्धमा दबाब दिन थालेको बुझिएको छ । आफ्नो वकिल मार्फत मायोर्गाले रोनाल्डोबाट थप दुई लाख अमेरिकी डलर मागदाबी गर्ने तयारीमा छिन् ।

सन् २००९ मा लास भोगासको एक होटलमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको आरोप मायोर्गाले लगाएकी थिइन् ।

सन् २०१० मा यो मुद्धालाई सार्वजनिक नगर्नका लागि रोनाल्डोले मायोर्गालाई तीन लाख ७५ हजार अमेरिकी डलर दिएका थिए । तर, पछिल्लो समय मायोर्गाले यो मद्धालाई फेरी उचालेकी थिइन् ।

कुनै ठोस प्रमाण नभेटिएपछि रोनाल्डोविरुद्धको मुद्धा खारेज भएको थियो ।

रोनाल्डोका वकिलले सो रकम गल्तिलाई दबाउनका लागि दिइएको नभई सार्वजनिक नगर्नका लागि दिइएको बताएका छन् । जुन समझदारी मायोर्गाका वकिल तोड्न चाहन्छन् । र, मायोर्गा संघिय अदालत जाने तयारीमा रहेको वकिलले बताएका छन् ।