रविका उत्तेजित समर्थकले अनुसन्धान प्रभावित पार्न खोजेः नकेपा सचेतक चौधरी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं,

पत्रकार शालिकराम पुडासैनीको मृत्यको प्रकरणमा मुछिएका टेलिभिजन प्रस्तोता रवि लामिछानेमाथि जारी प्रहरी अनुसन्धानको विषयलाई लिएर सडकमा उत्रिएको उत्तेजित भिडले अनुसन्धान प्रभावित गर्ने प्रयास भएको आरोप सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचेतक शान्ता चौधरीले लगाएकी छिन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा शून्य समयमा बोल्दै सत्तारुढ दलकी सचेतक चौधरीले देश विधिले विधिले चलाउने र कानूनको सर्वोच्चतालाई सबैले आत्मसाथ गर्नु पर्ने पाठ पढाइन्।

विका उत्तेजित समर्थकले अनुसन्धान प्रभावित पार्न खोजे

को दोषी र को निर्दोष भन्ने सवालमा अनुसन्धान चलिरहेका बेला उत्तेजित भएर सडकमा निस्कदा अनुसन्धानलाई प्रभावित बनाउने विषयलाई विल्कुलै सहि मान्न सकिन्न: नकेपा सचेतक चौधरी

Posted by Himal Dainik on Tuesday, August 20, 2019

राज्यका संयन्त्रलाई वाइपास गरेर अगाडि बढ्दा देशमा उत्पन्न हुन सक्ने भयावह अवस्थालाई सबैले देख्न सक्नु पर्छ भन्दै उनले भनिन्, ‘पत्रकार शालिकराम पुडासैनीको मृत्यु भन्दा पहिले रेकर्ड भएको भिडियोे र त्यसमा लगाइएको आरोपका आधारमा रवि लामिछाने अहिले प्रहरी अनुसन्धानमा हुनुहुन्छ। अनुसन्धानका आफ्ना प्रक्रिया हुन्छन् जुन क्रम जारी छ। न त लामिछाने दोषी हुन् भन्ने प्रमाणित भइसकेको छ न निर्दोष हुन भन्ने नै प्रमाणित नै भएको छ। को दोषी र को निर्दोष भन्ने सवालमा अनुसन्धान चलिरहेका बेला उत्तेजित भएर सडकमा निस्कदा अनुसन्धानलाई प्रभावित बनाउने विषयलाई विल्कुलै सहि मान्न सकिन्न। यस्तो गतिविधि रोक्न सबै राजनीतिक दल एक ठाउँमा उभिनु पर्दछ। तथ्यमा टेकेर सत्य पत्ता लागोस र यसले निर्दोषले सजाय भोग्न नपर्ने हुन्छ र दोषी उम्किन पाउँदैन।’