एभिसी भलिबलः अफगानिस्तान विजयी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौँ,

एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा अफगानिस्तान विजयी भएको छ । लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको शारीरिक तालीम तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा आज भएको खेलमा अफगानिस्तानले बङ्गलादेशलाई ३–२ सेटले हराएको हो ।

अफगानिस्तानले बङ्गलादेशलाई २५–२१, १९–२५, १८–२५, २५–२३ र १५–१२ अङ्कले पराजित गरेको हो । जितसँगै समूह ‘बी’ मा रहेको अफगानिस्तानले दुई अङ्क जोडेको छ । जितसँगै अफगानिस्तानले सेमिफाइनलमा स्थान बनाउने सम्भावना कायम राखेको छ । पहिलो खेलमा अफगानिस्तान तुर्कमेनिस्तानसँग पराजित भएको थियो । बङ्गलादेशको यो लगातार दोस्रो हार हो । हारसँगै बङ्गलादेशको सेमिफाइनल यात्रा कठिन बनेको छ । पहिलो खेलमा बङ्गलादेश उज्वेकिस्तानसँग पराजित भएको थियो ।