पोखरामा डेङ्गुको जोखिम बढ्दै

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
पोखरा,

कास्कीको पोखरामा दुई साता अघि देखिएको डेङ्गुको सङ्क्रमण बढ्दै गएको छ । हालसम्म १२१ डेङ्गुका बिरामी पोखराका विभिन्न अस्पतालमा भर्ना भएका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका कीटजन्य रोग निरीक्षक याम बरालका अनुसार पोखरा महानगरपालिका–८ स्थित कवाडी सङ्कलन केन्द्र तथा स्थानीयवासीको घरमा रहेका पुराना भाँडामा जम्मा भएको पानीबाट डेङ्गुको सङ्क्रमण देखिएको हो । स्थानीयवासीले रोगबारे थाहा पाए पनि त्यसबाट बच्न सतर्कता नअपनाउँदा जोखिम बढ्दै गएको बरालले बताए ।

स्थानीयवासीले भने महानगरपालिकाको बेवास्ताका कारण डेङ्गुको सङ्क्रमण बढेको बताए । “महानगरले डेङ्गु फैलनु अघि रोकथामको पहल गर्न सकेन”, आमा मिलन केन्द्रका अध्यक्ष इन्दिरा पौडेलले भने।

महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्मा विभिन्न वडामा लामखुट्टेको बासस्थानको खोजी गरी त्यसलाई नष्ट गर्न थालिएको बताउनुभयो । स्थानीयवासी सतर्क नहुँदा समस्या बढेको उनको भनाइ छ । डेङ्गु सामान्यतया लामखुट्टेको टोकाइबाट मानिसमा सछ । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेले डेङ्गु सार्ने गरेको शर्माले बताउनुभयो । पानी जमेको ठाउँमा लामखुट्टेले फुल पार्दछ । रासस