दुई सय ७२ छात्रालाई साइकल

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
महोत्तरी,

प्रदेश नं २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले महोत्तरीका विभिन्न स्थानमा गरी दुई सयभन्दा बढी छात्रालाई साइकल वितरण गरेका छन् । आज दिउँसो महोत्तरीका विभिन्न स्थानमा जानुभई ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत सो साइकल वितरण गरिएका हुन् ।

आजै एकै दिनमा जिल्लाको सरपल्लोमा ७५, मनरामा ४०, गैँडाभेटपुरमा ५२ र रामगोपालपुरमा १०४ गरी २७१ छात्रालाई जनही एक थानका दरले साइकल वितरण गरेका हुन् । कक्षा ८ मा अध्ययनरत् सो छात्राहरुलाई ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रमअन्तर्गत त्यहाँका छात्रालाई उच्च शिक्षातर्फ आकर्षित गर्न साइकल वितरण गरिएको महेन्द्र मावि रामगोपालपुरका प्रधानाध्यापक धीरेन्द्रकुमार मण्डलले बताए । रासस