दुई गोलले पछि परेको एट्लेटिको मड्रिडको उत्कृष्ट कमब्याक

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

ला लिगा अन्तर्गत एइबारविरुद्धको खेलमा एट्लेटिको मड्रिडले दुई गोलले पछि परेको अवस्थामा तीन गोल फर्काउन सफल भएको छ ।

मड्रिडस्थित घरेलु मैदानमा भएको खेलमा २० मिनेटभित्र एइबारले दुई गोल गरिसेकेको थियो । तर, घरेलु टिमले तीन गोल गर्दै तीन अंक जोड्न सफल भयो ।

सातौं मिनेटमा चाल्र्सले र १९औं मिनेटमा अर्विल्लाले गोल गर्दै एइबारलाई सुरुवातमै २–० को अग्रता दिलाएका थिए ।
२७औं मिनेटमा डिएगो कोस्टाको पासमा हाओ फिलिक्सले गोल गर्दैएट्लेटिकोलाई खेलमा फर्काए ।

दोस्रो हाफमा एट्लेटिकोले दुई गोल गरेका थियो । ५२औं मिनेटमा भिटोलोले गोल गरेपछि खेल बराबरीमा पुग्यो ।
९०औं मिनेटमा थोमस पाटीले गोल गर्दै एट्लेटिकोको जित सुनिश्चित गराए । ला लिगाको ती चरण सकिँदा शतप्रतिशत जित निकाल्ने एकमात्र टिम एट्लेटिको मड्रिड बनेको छ ।

अर्को खेलमा ग्रानाडाले स्पान्योललाई ३–० ले हराएको छ । स्पान्योलको मैदानमा भएको खेलमा ग्रानाडालाई जित दिलाउनका लागि एन्टोनियो पुइरटास, कार्लोस फर्नाण्डेज र रामोन अजिजले गोल गरेका थिए।