युराेकप छनाेटमा स्पेनकाे कठिन जित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

सन् २०२० मा आयोजना हुने युरो कपको छनोटमा १० खेलाडीमा समेटिएकाे स्पेनले रोमानियालाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

रोमानियाको मैदानमा स्पेनलाई जित दिलाउन सर्जियो रामोस र पाको अल्कासरले एक एक गोल गरे । रोमानियाका लागि फ्लोरिन इन्डोनले एक गोल फर्काए ।

खेलको २९ औं मिनेटमा रामोसले पेनाल्टीमा गोल गर्दै स्पेनलाई अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा अल्कासरले गोल गर्दै स्पेनलाई २-० ले अगाडी राखे ।

५९ औं मिनेटमा रोमानियाका फ्लोरिनले गोल गर्दै खेल २-१ काे अवस्थामा पुर्याए । ७९ औं मिनेटमा डिएगो लोरेन्टोले रातो कार्ड पाउँदा स्पेन १० खेलाडीमा समेटिएको थियो । तर त्यसपछि खेलमा दुवै टोलीबाट थप गोल भएन र स्पेनले २(१ को जित निकाल्यो ।

यो जितसँगै समूह एफ मा स्पेनले अपराजित यात्रा कायम राखेको छ । स्पेनको यो छनोटमा पाँचौं जित हो । स्पेनले ५ खेलबाट १५ अंक जोडेको छ । स्पेन शीर्ष स्थानमा छ । ५ खेलमा ७ अंक जोडेको रोमानिया चौंथो स्थानमा छ ।