मैत्रीपूर्ण खेलमा जापानले पाराग्वेलाई हरायो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जापानले पाराग्वेलाई दुई शुन्यले स्तब्ध पारेको छ।

गए राति भएको खेलमा जापानले पाराग्वेलाई दुई शुन्यले पाखा लगायो । जापानको जितमा ओसाकाले खेलको २३ औं मिनेटमा जित निकालेको थियो भने ३० औं मिनेटमा मिनामिनोले गोल गर्न सफल भए । त्यसपछि पाराग्वे खेलमा फर्कन सकेन र पराजित भयो ।

यस्तै अर्को खेलमा दक्षिण कोरीया जर्जियासँग दुई दुई गोलको बराबरीमा रोकियो भने साउदी अरेवीयाले मालीसँग एक एक गोलको बराबरी खेल्यो ।

यता नर्दन आयरल्याण्डले लक्जेम्बर्गलाई एक शुन्यले हरायो । उसको जितमा एकमात्र आत्मघाती भएको थियो । ३७ औं मिनेटमा लक्जम्बर्गका मालगेटले आफ्नै पोष्टमा गोल गरेपछि आयरल्याण्डले अग्रता बनाएको थियो । जुन अन्तिमसम्म कायम रह्यो ।

अर्को खेलमा मोन्टेनेग्रोले हंगेरीलाई दुई एकले हरायो । हंगेरीले एक गोलको अग्रता जोगाउन सकेन ।