पेरु इक्वेडरसँग १-० ले स्तब्ध

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

फिफा मैत्रीपुर्ण खेलमा पेरु इक्वेडरसँग एक शुन्यले पराजित भएको छ ।

आज विहान भएको खेलमा पेरु इक्वेडरसँग एक शुन्यले पराजित भयो । न्यू जर्सीमा भएको खेलमा इक्वेडरको जितमा एरीक लियोनेल क्यास्टिलोको एकमात्र गोल निर्णायक बन्यो ।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ४७ औं मिनेटमा कास्टिलोले गोल गर्दै इक्वेडरलाई अग्रता दिलाएका थिए । तर त्यसपछि पेरुले खेलमा फर्कन निकै प्रयास गरेपनि सफल हुन सकेन र पराजित भयो । आजै अर्जेन्टिनाले चिलीसँग खेल्नेछ ।