यू-१९ एसिया कप: नेपालकाे पहिलाे चुनाैती आज श्रीलंकासँग

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

एसीसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज घरेलु टिम श्रीलंकासँग खेल्नेछ ।

श्रीलंकाको रणसिंघे प्रेमदाशा क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार विहान सवा १० बजेबाट सुरु हुनेछ । आजकाे खेलमा बर्षाले खेल प्रभावित हुने ठुलाे स‌म्भावना रहेकाे छ । दिउसाे १२ बजेपछि काेलम्बाेमा बर्षाकाे सम्भावना देखाएकाे छ ।

प्रतियोगिताको शुरुवात नै बलियो घरेलु टोलीसँग खेलेर गर्नु पर्ने चुनौतिमा रहेको नेपालले अहिलेसम्म श्रीलंकालाई पराजित गर्न सकेको छैन ।
नेपाली टोलीले पहिलो पटक श्रीलंकासँग सन् २००० मा आईसीसी यु–१९ विश्वकप सुपर लिगको समूह दुई मा प्रतिस्पर्धा गरेको थियो । उक्त खेलमा नेपाली टोलीको कप्तान विनोद दासले गरेका थिए । जुन खेलमा नेपाल ९ विकेटले पराजित भएको थियो ।

हेड टु हेड

एसिया कपमा नेपालले ५ वटा खेल श्रीलंकाको यु–१९ टोलीसँग खेलिसकेको छ । तर, सबैमा नेपालले पराजय व्यहोर्दै आएको छ ।

पहिलो भेट  नेपालले पहिलाे खेल सन् २००० जनवरी २० खेलेको थियो । उक्त खेलमा आईसीसी यु–१९ विश्वकप सुपर लिगको समूह दुई अन्तरगत नेपाल र श्रीलंकाले खेलेका थिए भने खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले मात्रै ८९ रन बनाएपछि श्रीलंकाले १ विकेट गुमाएर १८ ओभर तीन बलमा लक्ष्य पुरा गरेको थियो ।

दाेस्राे भेट नेपालले २००८ फ्रेब्रेअरी १८ मा आईसीसी यु–१९ विश्वकपको समूह चरणमा यी दुई टोलीको भेट भएको थियो भने उक्त खेलपनि नेपालले ६१ रनले गुमाएको थियो ।

तेस्रो भेट सन् २०१२ अगस्ट २० मा आईसीसी यु–१९ विश्वकप क्वाटरफाइनलको प्लेअफ खेलमा भएको थियो । त्यो खेलमा श्रीलंकाले नेपाललाई ८ विकेटले पराजित गरेको थियो ।

चाैथाे भेट  सन् २०१६ मा खेलेको थियो । जसमा जनवरी २५ मा भएको यु–१९ विश्वकपको वार्म अप खेल थियो । उक्त खेलमा नेपाल ६५ रनले पराजित भएकाे थियाे ।

पाँचाै भेट  नेपालले श्रीलंकासँग २०१६ कै डिसेम्बर महिनामा खेलेको थियो । जसमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दा पनि हार व्यहोर्नु परेको थियो । यु–१९ एसिया कपको समूह ए मा रहेको श्रीलंकाले दिएर २ सय २७ रनको लक्ष्य पछ्याएको नेपालले २ सय २६ रनमा अलआउट भएपछि रोमाञ्चक खेलमा नेपाल १ रनले पराजित भएको थियो ।

१ रनले पराजित भएको नेपालका लागि सर्वाधिक ९० रन बनाएका कप्तान दिपेन्द्रसिंह ऐरी १० रनले शतक बनाउनबाट चुकेका थिए । उनले ९९ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गरेका थिए ।