एशिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौँ,

एसिसी यू–१९ एशिया कप क्रिकेट प्रतियोगितामा नेपाल पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग पराजित भएको छ । श्रीलङ्काको राजधानी कोलम्बोस्थित आर प्रेमादशा अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल श्रीलङ्कासँग पाँच विकेटले पराजित भएको हो ।

टस जितेर नेपालले ब्याटिङ रोजेको थियो । नेपालले ४२ ओभरमा नौ विकेट गुमाउँदै एक सय ५९ रन बनाएको थियो । एक सय ६० रनको विजयी लक्ष्य श्रीलङ्काले ३३ दशमलव चार ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो । नेपालले ब्याटिङ गर्दा वर्षाका कारण खेल रोकिएको थियो । वर्षा बाधक बनेपछि ५० ओभरको खेललाई ४२ ओभरमा झारिएको थियो । श्रीलङ्काका लागि कामील मिश्राले अर्धशतक प्रहार गरे । उनले ६२ बलको सामना गर्दै ५५ रन बनाए । यस्तै आहन विक्रमासिङ्घेले ३०, अभिष्का थारिन्दुले अविजित २५, निपुन धनञ्जय परेराले १८, रविन्दु रसन्थाले १५ तथा नाभोद प्रनभिस्थाले १२ रन जोडे ।

बलिङतर्फ नेपालका लागि रासिद खानले दुई तथा सागर ढकाल, कमलसिंह ऐरी र पवन सर्राफले एक÷एक विकेट लिए । यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि शुुरुआती ब्याट्सम्यान रित गौतमले अर्धसतक बनाए । उनले ८५ बल खेल्दै चार चौकाको मद्दतमा ५४ रनको योगदान दिए । कप्तान रोहितकुमार पौडेलले ४७, रसिद खानले १५ तथा हरि चौहानले १२ रन बनाए ।

बलिङतर्फ श्रीलङ्काका लागि दिलसान मधुशङ्का र नाभोद दिनुश्रीले तीन÷तीन तथा आशियन ड्यानियल र रोहन सञ्जय सिल्भाले एक÷एक विकेट लिए । नेपालले अर्को खेल भदौ २२ गते बङ्गलादेशसँग खेल्नेछ । एशिया कपमा नेपाल समूह ‘बी’ मा रहेको छ । उक्त समूहमा श्रीलङ्का, बङ्गलादेश र संयुक्त अरब इमिरेट्स (युएइ) छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, अफगानिस्तान र कुवेत छन् ।