युराेकप छनाेटमा जर्मनी नेदरल्याण्ड्ससँग पराजित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

युरोकप छनोट खेलमा युरोपियन पावरहाउस जर्मनी नेदरल्याण्ड्ससँग चार दुईले पराजित भएको छ ।

गएराति भएको समुह सी को खेलमा जर्मनी डच टिमसँग चार दुईले स्तब्ध भएको हो । त्यसो त जर्मनीले एक गोलको अग्रता जोगाउन सकेन । खेलको नौ मिनेटमा नै जर्मनीका नाब्रीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफमा एक गोलको अग्रता बनाएको जर्मनी विरुद्ध डच टिमले दोस्रो हाफमा चार गोल गर्दा उसले एक गोल मात्र फर्काउन सफल भयो । ५९ औं मिनेटमा डी जोङले गोल गरे भने ६६ औं मिनेटमा डच टिमले उपहार गोल पायो । जर्मनीका ताहले आत्मघाति गोल गर्न पुगे ।

त्यसपछि ७३ औं मिनेटमा डच टिमका क्रुसले आफ्नै पोष्टमा गोल गरेपछि खेल दुई दुईको बराबरीमा पुगेको थियो । ७९ औं मिनेटमा मलिनले फेरी डच टिमका लागि तेस्रो गोल गर्दा खेल तीन दुईको अवस्थामा पुग्यो । खेलको इन्जुरी समयमा नेदरल्याण्ड्सले चौथो गोल थप्यो ।

तर त्यसपछि जर्मन खेलमा फर्कन सकेन र पराजित भयो । जितपछि नेदरल्याण्ड्सले तीन खेलमा ६ अंक बनाएको छ भने जर्मनीको चार खेलमा नौ अंक छ । समुह सी को शिर्ष स्थानमा आयरल्याण्ड रहेको छ । उसका चार खेलमा १२ अंक छ ।