बेल्जियमकाे कमजाेर टिम सान मारीयाे विरुद्द सहज जित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

युरो २०२० को अन्तर्गत गएराति भएको समुह आइ को छनोटमा बेल्जियमले सान मारीयो विरुद्ध चार शुन्यको सहज जित निकालेको छ ।

आफ्नो अपराजित यात्रालाई कायम राख्ने क्रममा बेल्जियमले सान मारीयोलाई खेलको सुरुवात देखि नै दबाव दिएको थियो । पहिलो ४० मिनेट गोलरहित बराबरी खेलेको बेल्जियमले ४३ औं मिनेटमा अग्रता बनायो । उसका बाट्सुइले पेनाल्टी मार्फत गोल गर्न सफल भए ।

स्टार खेलाडी इडेन हार्जाडका दाजुभाई अनुपस्थित रहेको खेलको ५७ औं मिनेटमा मेर्टेन्सले बेल्जियमका लागि दोस्रो गोल गरे । त्यसपछि ६३ औं मिनेटमा चादीलले गोल गर्दा बेल्जियम तीन शुन्यले अगाडी रह्यो । खेलको इन्जुरी समयमा बेल्जियमले चोथौ गोल थप्यो । उसका लागि बात्सुईले गोल गर्न सफल भए ।

यो जितपछि बेल्जियमले समुह आइ बाट पाँच खेलमा १५ अंकका साथ युरोकप छनोटको यात्रा थप मजुबत बनाएको छ ।