टानको अध्यक्षमा प्रजातान्त्रिक समूहका खुमबहादुर विजयी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौं,

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल ९टान०को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी हुनुभएको छ । टानको ४१ औँ वार्षिक साधारणसभासँगै नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका अर्का प्रत्यासी अञ्जान थापा (कुमार) लाई ८३ मतले पछि पार्दै सुवेदी बिजयी हुनुभएको हो ।

निर्वाचन समितिका अनुसार सुवेदीले ५२१ मत ल्याएर विजयी बन्नुभएको छ भने पराजित थापाले ४३८ मत प्राप्त गर्नुभएको थियो । सुवेदी प्रजातान्त्रिक समूह र थापा वामपन्थी समूहबाट प्यानलसहितको उम्मेदवारी घोषणा गर्नुभएको थियो । थापा समूहकी सरिता लामा महासचिवमा विजयी हुनुभएको छ । प्रतिद्वन्द्वी कर्मा शेर्पालाई उहाँले १३ मतले पराजित गर्नुभएको छ ।

नयाँ कार्य समितिको अन्य पदमा दुवै समूहका मिश्रित प्रतिनिधित्व भएको छ । सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर कार्की, द्वितीय उपाध्यक्षमा भरत सापकोटा, सचिवमा थापा समूहका दामोदर ढकाल निर्वाचित हुनुभएको छ ।

त्यस्तै, कोषाध्यक्षमा सुवेदी समूहकी ऋतु ग्याम्दान र सहकोषाध्यक्षमा सूर्यकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । सदस्यमा थापा समूहकी ङिमादिकी शेर्पा निर्वाचित हुनुभएको छ ।

कार्यसमिति सदस्यमा थापा समूहका पाँच जना ठाकुर सापकोटा, प्रेमबहादुर लामा, मिङमातेन्जिङ शेर्पा, रामबहादुर गुरुङ र सुवेदी समूहका सनम शेर्पा, कान्छा शेर्पा, सिम्बर घले तथा सोनाम ग्याल्जेन शेर्पा विजयी भएको टान निर्वाचन समितिद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । एक हजार ३१९ मतदाता रहेको टान निर्वाचनमा जम्मा ९८१ मत खसेको थियो । रासस