राेनाल्डाेकाे नाइकीबाट मात्र १६२ मिलियन युराे कमाई

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोका बारेमा फ्रान्सको एक पत्रिकाले नाइकीसँगको सम्झौता सार्वजनिक गरेको छ । जसअनुसार रोनाल्डोले नाइकीसँगको १० बर्षको डिल मा एक सय ६२ मिलियन युरोको सम्झौता गरेको बताइएको छ ।

रोनाल्डोले २००४ मा पहिलो पटक नाइकीसँग सम्झौता गरेका थिए । त्यसपछि २०१६ मा नाइकीसँग आजीवन सम्झौता गरेको समाचार बाहिर आएको थियो । तर बिस्तृत बिवरण भने सार्वजनिक गरिएको थिएन । ३४ बर्षे रोनाल्डो र्फोब्समा दोस्रो मंहगो खेलाडीको सुचीमा दोस्रो स्थानमा रहेका छन । पहिलो स्थानमा लियोनल मेस्सी रहेका छन ।

जसले आजीवन नाइकीको प्रतिद्धन्द्धी एडिडाससँग सम्झौता गरेका छन । फ्रेन्च पत्रिका देर स्पेगेलले सार्वजनिक गरेको रिपोर्ट अनुसार पाँच पटकका बलुन डियोर अवार्ड विजेता रोनाल्डोले बर्षको १६ दशलमव दुई मिलियन युरो कमाई गर्छन । उनले यो सम्झौता २०२६ सम्मका लागि गरेका हुन ।

अमेरीकी कम्पनी नाइकीसँगको यो सम्झौता रोनाल्डोले २०१६ मा गरेका थिए । जसमा नाइकीले उनको तस्विरको राइट्सपनि खरिद गरेको थियो । यसका साथै रोनाल्डोलाई नाइकीले बलुन डी योर को उपाधि जितेकोमा २०१६ मा थप चार मिलियन दिएको थियो ।