युराेकप छनाेटमा फ्रान्स र टर्की विजयी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

युरो कप छनोटमा फ्रान्सले सहज जित निकाल्दा टर्की संघर्षपुर्ण रुपमा विजयी भयो ।

गएराति भएको खेलमा फ्रान्सले अल्बानीयासँग चार एकले विजयी भयो । एकतर्फि जस्तो बनेको खेलको आठौं मिनेटमा नै कोमनको गोलमा फ्रान्सले अग्रता बनायो । त्यसपछि ओलिभर जिरुडले २७ औं मिनेटमा फ्रान्सको अन्तर दुई शुन्यमा पुर्यायो ।

पहिलो हाफमा दुई गोलको अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा थप दुई गोल गर््यो । उसका लागि ६८ औं मिनेटमा कोमनले गोल गरे भने ८५ औं मिनेटमा कोनीले गरे । खेलको अन्तिममा अल्बानीयाले पेनाल्टीबाट एक गोल फर्काएपनि हारबाट बच्न पर्याप्त बनेन ।

अर्को खेलमा टर्कीले एन्डोरालाई एक शुन्यले हरायो । उसका जितमा एकमात्र गोल तुफानले गरेका थिए । उनले खेलको ८९ औं मिनेटमा गोल गरेका थिए ।