चीनको सिचुवानमा भूकम्पः एकको मृत्यु, २९ घाइते

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
छेन्दु, चीन

चीनको वाईयुयान क्षेत्रमा आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार बिहान १० बजेसम्ममा अरु २९ जना घाइते भएको उद्धारकर्मीहरुले जनाएका छन् ।

घाइतेहरु सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
स्थानीय समय अनुसार आइतबार बिहान ६.४२ बजे आएको उक्त भूकम्प ५.४ म्याग्नीच्युडको रहेको थियो ।

भूकम्पका कारण कम्तीमा १७ घर पूर्ण रुपमा भत्किएको र अरु २१५ घरमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् । (रासस-सिन्ह्वा)