पहिलो खेलमा सन्दीपलाई एक ओभर बलिङ !

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

वेष्ट इण्डिजमा जारी क्यारेबियन क्रिकेट लिग (सीपीएल) क्रिकेटको सिजनको पहिलो खेलमा नेपालका सन्दीप लामिछाने मात्र एक ओभर बलिङ गर्न पाएका छन् ।

बार्बाडोस ट्रिडेन्टबाट यस सिजन खेलिरहेका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीपले गुएना अमेजन वारिवर्सविरुद्ध मात्र एक ओभर बलिङ गरेका थिए । उक्त खेलमा सन्दीपको टिम बार्बाडोस ४७ रनले पराजित भएको छ ।

सन्दीपले पहिलो खेलमा एक ओभर बलिङ गर्दै बिना विकेट ५ रन खर्चिए ।

गत सिजन भने सन्दीपले तहल्का मच्चाएका थिए । सन्दीपले गत सिजन सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबाट खेलेका थिए ।