नाडालले जिते चाैथाे पटक यूएस ओपनकाे उपाधि

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

युएस ओपन टेनिसको उपाधि राफेल नाडालले जितेका छन् ।

निकैनै प्रतिस्पर्धात्मक खेलमा रसियाका डेनियल मेदवेदेवलाई हराउँदै नाडालले युएस ओपन टेनिसको उपाधि जितेका हुन् ।

दोस्रो वरियताका स्पेनिस नाडालले ७–५, ६–३, ५–७, ४–६ र ६–४ को सेटमा जित निकाल्न सफल भए ।

योसंगै नाडालले १९ औ ग्रान्डस्लाम जित्न सफल भएका छन् ।

नाडाल अब रोजर फेडेररको २० औ ग्रान्डस्लाम बराबरी गर्न मात्र एक उपाधि पछाडी छन् ।

जितपछि नाडालले उपाधि भिडन्त निकै रोमाञ्चक रहेको बताएका छन् ।

‘यो निकै रोमाञ्चक फाईनल खेल रह्यो । मेरो करियरको यो साँझ निकै भावनात्मक रह्यो ।’ उनले भने ।