अस्ट्रेलियाद्वारा एसेज शृंखला रक्षा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

ओल्ड ट्रफोटमा भएको चौथो टेष्टमा इंग्ल्यान्डलाई १८५ रनले पराजित गरी अस्ट्रेलियाले एसेज शृंखला रक्षा गरेको छ । अस्ट्रेलियाले सन् २००१ यता एसेज उपाधि रक्षा गर्न सकेको हो ।

पाँचौं दिनको दोस्रो सेसनमा इंग्ल्यान्डले टेष्ट बराबरीका लागि अथक प्रयास गरेको थियो । ३ सय ८३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डका क्रिग ओभरटन र ज्याक लिचले नवौं विकेटका लागि १३.५ ओभरसम्म टिकेर अस्ट्रेलियाली बलरको टाउको दुखाएका थिए ।

तर लिचलाई मार्नस लबुस्चेन्जको लेग स्पिनको धरापमा परे भने ओभरटनलाई जस हेजलउडले एलबीडल्ब्यू आउट गरे ।

३८३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १८–२ को स्थितिबाट पाँचौं तथा निर्णायक दिनको सुरुआत गरेको थियो । जोय डेनलीले ५३ रनको पारी खेले पनि जेसन रोय, जोनी बेरिस्टो र जस बटलर रक्षात्मक बने । ओभरटनले क्रिजमा रहेर १०५ बलको सामना गरेका थिए ।

अस्ट्रेलियाली तीव्र बलरको आक्रमण भने एकपछि अर्को बलमा चुस्त देखिएको थियो । प्याट कुमिन्सले ४–४३ को सानदार प्रदर्शन गरे।

यसको मतलव अस्ट्रेलियाले स्वदेश फर्कँदा एसेज ट्रफी– ‘अर्न’लाई आफूसँगै लान पाउनेछ । यस्तो भएको सन् २००१ यता पहिलोपल्ट हो । जुलाईमा एकदिवशीय विश्वकप जितेको इंग्ल्यान्डले यसै वर्ष अर्को ठूलो सफलता हासिल गर्नबाट चुक्यो ।

इंग्ल्यान्डलाई पाँचौं टेष्ट जित्नैपर्ने स्थिति छ । किनभने यदि उनीहरु पराजित भए भने घरेलु मैदानमा टेष्ट शृंखला गुमेको सन् २०१४ पछिकै पहिलो हुनेछ । पाँचौं टेष्ट प्रशिक्षक ट्रेभर बेलिसका लागि अन्तिम खेल पनि हो ।