आजदेखि काठमाडौंका पाँच रूटमा बिजुली बस

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

काठमाडौंका सडकमा सोमबारदेखि बिजुलीबाट चल्ने सार्वजनिक बस गुड्ने भएका छन् । निजी क्षेत्रको सुन्दर यातायातले राजधानीका पाँच वटा रूटमा बिजुली बसबाट सेवा शुरु गर्न लागेको हो।

पहिलो रुट

चक्रपथ परिक्रमा

दोस्रो रुट

नारायणथान – जावलाखेल–मेडिसिटी अस्पताल

तेस्रो रुट

गोगंबु–सामाखुसी–गौशला–कोटेश्वरहुँदै भक्तपुरको सल्लाघारीसम्म

चौथो रुट

ढुंगेअड्डा–कलंकी–त्रिपुरेश्वर–वीर अस्पताल–जमल–कृष्ण पाउरोटी – रातोपुल – गौशाला – चाबहिल–बौद्ध–जोरपाटीहुँदै अत्तरखेलसम्म

पाँचौं रूट

सूर्यविनायक–कोटेश्वर–बानेश्वर–वीर अस्पताल र जमल

सुन्दर यातातातका अनुसार बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारका बसहरूले सेवा दिनेछ। ४० सिटे बसमा थप ३० जना यात्रुले र ३५ सिटे बसमा थप २५ जना यात्रुले उभिएर आरामका साथ यात्रा गर्न सक्ने सुन्दर यातायात सञ्चालक समितिका सदस्य सुरेश पोखरेलले बताए।

अरु बसको तुलनामा यो बसमा सिटको व्यवस्थापन फरक तरिकाले गरिएको छ । बसमा अगाडि मात्र बस्न र उभिन खोज्ने यात्रुलाई ध्यान दिंदै पछाडिको सिट आकर्षक बनाइएको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार पछाडिको सिट सिनेमा हलको बाल्कोनीजस्तै हुनेछ ।

बसमा आरक्षण सिट पनि सहजै पहिचान गर्न सकिने कम्पनीले जनाएको छ। त्यस्ता सिटहरु यात्रुको चाप नहुने भागमा राखिएको छ।

नगदरहीत भुक्तानीका लागि सुन्दर यातायातले ‘काठमाडौ सुन्दर कार्ड’ प्रयोगमा ल्याउँदै छ। यो कार्ड २ सय १५ रुपैयाँमा खरिद गर्न सकिन्छ। त्यसमा २ सय ६५ रुपैयाँ व्यालेन्स हुने छ। यो बाहेक विद्यार्थी, अपाङ्ग, बृद्धको लागि पनि छुट कार्ड हुने सुन्दर यातायातले जनाएको छ।

त्यस्तै प्रभु पे, आईएमई पे र खल्तीबाट पनि भाडा तिर्न सकिने पोखरेलले जानकारी दिए। गाडीमा सिसी क्यामरा, जिपिएस, ह्याङ्गर लगायतको सुविधा रहनेछ।