सर्पले डस्दा महिलाको मृत्यु

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
सप्तरी,

सप्तरीको महदेवा गाउँपालिकाको बलथीमा सर्पले डस्दा आज एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीया सूर्यमनीदेवी यादव रहेकी छिन् ।

घाँस काट्ने क्रममा यादवलाई सर्पले डसेको हो । उनलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने क्रममा मृत्यु भएको हो ।