काठमाडौँको बाटोमा विद्युतीय बस चल्यो

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौं,

काठमाडौं उपत्यकामा सोमबारबाट सार्वजनिक विद्युतीय बस सञ्चालनमा आएको छ ।

विद्युतीय बस सञ्चालन गर्ने कम्पनी सुन्दर यातायातले आफ्ना सावरीसाधनका लागि गत भदौ १७ गते विद्युतीय चार्जिङ स्टेसन बनाएपछि सोमबारबाट सर्वसाधारणका लागि यातायात सुचारु गरेको हो ।

विद्युतीय बसहरुले बिभिनन पाँच रुटहरूसहित चक्रपथ परिक्रमा गर्ने बताइएको छ । विद्युतीय बसको भाडा १५ देखि २० प्रतिशत सस्तो गराउने पहल गरिरहेको सुन्दर यातायातले जनाएको छ । कम्पनीको २१५ रुपैयाँको कार्ड खरिद गर्दा यात्रीले २६५ रुपैयाँ बराबरको यात्रा गर्न सकिने छ ।

गाडीमा २० प्रतिशत चार्ज भएमा ८० मिनेटभित्र फुल चार्ज हुन्छ । तर ब्याट्री डाउन भएको खण्डमा त्योभन्दा बढी समय लाग्ने उक्त यातायातले जनाएको छ । उक्त विद्युतीय बसको शुभारम्भ गर्दै उपप्रधान एवं रक्षामन्त्री इश्वर पोखरेलले नेपाल बिधुतिय बसको शुभारम्भ भएको भन्दै नेपालका लागी बिधुतिय बस निकै उपयोगी हुने विश्वास व्यक्त गरे ।

कम्पनीले थप ११ वटा बस ल्याउन चिनियाँ कम्पनीसँग सम्झौता गरिसकेको छ । यो वर्षभित्रै २५ वटा बस काठमाडौंमा चलाउनका लागि ल्याइने कम्पनी अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए । कम्पनीले प्रतिबस एक करोड ६२ लाख मूल्य खर्च गरेको जनाएको छ ।

सुन्दर यातातातका अनुसार बस ४० सिटे र ३५ सिटे गरी दुई प्रकारका बसहरूले सेवा दिनेछ। ४० सिटे बसमा थप ३० जना यात्रुले र ३५ सिटे बसमा थप २५ जना यात्रुले उभिएर आरामका साथ यात्रा गर्न सक्ने सुन्दर यातायात सञ्चालक समितिका सदस्य सुरेश पोखरेलले बताए।

अरु बसको तुलनामा यो बसमा सिटको व्यवस्थापन फरक तरिकाले गरिएको छ । बसमा अगाडि मात्र बस्न र उभिन खोज्ने यात्रुलाई ध्यान दिंदै पछाडिको सिट आकर्षक बनाइएको कम्पनीको भनाइ छ।

कम्पनीका अनुसार पछाडिको सिट सिनेमा हलको बाल्कोनीजस्तै हुनेछ ।

बसमा आरक्षण सिट पनि सहजै पहिचान गर्न सकिने कम्पनीले जनाएको छ। त्यस्ता सिटहरु यात्रुको चाप नहुने भागमा राखिएको छ।

नगदरहीत भुक्तानीका लागि सुन्दर यातायातले ‘काठमाडौ सुन्दर कार्ड’ प्रयोगमा ल्याउँदै छ। यो कार्ड २ सय १५ रुपैयाँमा खरिद गर्न सकिन्छ। त्यसमा २ सय ६५ रुपैयाँ व्यालेन्स हुने छ। यो बाहेक विद्यार्थी, अपाङ्ग, बृद्धको लागि पनि छुट कार्ड हुने सुन्दर यातायातले जनाएको छ।

त्यस्तै प्रभु पे, आईएमई पे र खल्तीबाट पनि भाडा तिर्न सकिने पोखरेलले जानकारी दिए। गाडीमा सिसी क्यामरा, जिपिएस, ह्याङ्गर लगायतको सुविधा रहनेछ।