युरो कप छनोटः बेल्जियम र नेदरल्याण्ड्सको ठूलो अन्तरको जित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

युरो कप छनोट अन्तर्गत सोमबार राती भएको खेलमा बेल्जियम र नेदरल्याण्ड्सले ठूलो अन्तरको जित हात पारेका छन् । बेल्जियमले स्कटल्याण्डलाई ४–० ले हरायो भने नेदरल्याण्ड्सले स्टोनियालाई पनि ४–० ले नै हरायो ।

स्कटल्याण्डको मैदानमा भएको खेलमा केभिन डि ब्रुयनले उत्कृष्ट प्रदर्शन गरे । उनले तीनवटा एसिस्ट र एक गोल गरेका थिए । नवौं मिनेटमा रोमलु लुकाकुले गोल गरेका थिए । २४औं मिनेटमा थोमस भर्मालिनले र ३२औं मिनेटमा टोबी एल्डरवेरल्डले गोल गर्दा पहिलो हाफ अघि बल्जियमले तीन गोलको अग्रता लिएको थियो । यी तीनवटै गोलमा केभिन डि ब्रुयनको एसिस्ट थियो ।

८२औं मिनेटमा डि ब्रुयनले लुकाकुको पासमा गोल गर्दै बेल्जियमलाई ४–० को जित दिलाए ।

अर्को खेलमा नेदरल्याण्डले इस्टोनियालाई ४–० ले नै हरायो । इस्टोनियामा भएको खेलमा नेदरल्याण्डका लागि रायन बाबेलले दई गोल गरे भने मेम्फिस डिपेले दुई एसिस्ट र एक गोल गरेका थिए ।

१७औं मिनेटमा बाबेलले गोल गर्दै नेदरल्याण्ड्सलाई अग्रता दिलाए । दोस्रो हाफको दोस्रो मिनेटमा बाबेलले नै नेदरल्याण्ड्सको अग्रता २–० मा लम्ब्याए ।

७६औं मिनेटमा मेम्फिस डिपेले गोल गर्दै नेदरल्याण्ड्सलाई ३–० को अग्रता दिलाए । ८७औं मिनेटमा जर्जिनो विनाल्डमले गोल गरेपछि नेदल्याण्ड्सले ४–० को जित निकालेको हो ।