उत्तरी आयरल्याण्डलाई हराउँदै जर्मनी समूहको शीर्ष स्थानमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

युरो कप छनोट प्रतियोगिता अन्तर्गत समूह सीको खेलमा जर्मनीले उत्तरी आयरल्याण्डलाई हराएको छ ।

उत्तरी आयरल्याण्डमा भएको खेलमा जर्मनीले दोस्रो हाफमा दुई गोल गर्दै जित हात पारेको हो । जर्मनीको जितमा मार्सेल हाल्स्टेनबर्गले ४८औं मिनेटमा र सेर्जी ग्नाब्रीले इन्ज्युरी समयमा गोल गरेका थिए ।

जितसँगै जर्मनीले १२ अंक बनाएको छ । समान १२ अंक जोडेको आयरल्याण्ड दोस्रो तथा एक खेल कम खेल्दै ९ अंक जोडेको नेदरल्याण्ड ९ अंकसहित तेस्रो स्थानमा छ।