युएईविरूद्ध नेपाललाई बदला लिने मौका

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

समूह चरणबाटै बाहिरिएको नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेटमा यूएईसँग खेल्दै छ ।

विश्वकप छनोटमा पानी परेपछि डिएल मेथड अनुसार यूएईसँग पराजित भएपछि विश्वकप खेल्ने सपना तुहिएको नेपालले आज समूह चरणको अन्तिम खेलमा जित निकाल्दै त्यतिबेलाको बदला लिने मौकामा हुने छ ।

श्रीलंकामा जारी एसीया कपमा नेपाल घरेलु टीम श्रीलंका र बंगलादेशसँग पराजित भएपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको थियो ।

पछिल्ला पाँच खेलमा नेपालले युएईविरुद्ध हारेको भनेको त्यहि विश्वकप छनोट खेल नै थियो । त्यसअघिका चार खेलमा नेपाल सधै विजयी भएको थियो ।

नेपाली टिमका प्रशिक्षक विनोद दासले मंगलबारको खेलमा जितका लागि खेल्ने बताए । उनले यदि बंगलादेश विरुद्धको खेलमा जस्तो ब्याटिङ गरेमा नेपालले जित्नेमा आफू विश्वस्त रहेको पनि बताएका छन् । नेपाल र यूएईबीचको खेल विहान पौने १० बजेदेखि शुरुहुने छ ।