पूर्वसभासद् राईको निधनमा शोक प्रस्ताव पारित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौं,

प्रतिनिधिसभाको आजको बैठकले पूर्वसभासद् छियामा राईको निधनमा शोक प्रस्ताव पारित गरेको छ । विसं २०६४ को पहिलो संविधानसभा निर्वाचनमा राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट समानुपातिक सदस्यका रुपमा निर्वाचित राईको ७७ वर्षका उमेरमा यही भदौ १० गते निधन भएको थियो । राईको निधनमा सभामुख कृष्णबहादुर महराले बैठकमा शोक प्रस्ताव प्रस्तुत गरेका थिए ।

मस्तिष्काघातको उपचारका क्रममा पूर्वसभासद् राईको सुमेरु अस्पतालमा निधन भएको हो । उनको निधनमा बैठकले शोक प्रकट गर्दै श्रद्धाञ्जलि अर्पण गरेको छ । साथै बैठकले पूर्वसभासद् राईको परिवारजनप्रति समवेदनासमेत प्रकट गरेको छ । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ २५ गते अपराह्न १ बजे बस्ने छ ।