युराेकप छनाेटमा पाेर्चुगलकाे जितमा राेनाल्डाेकाे चार गाेल, फ्रान्स र इंग्ल्याण्ड सहज जित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले युरो कप छनोटमा लिथुवानियालाई पाँच एकको भारी अन्तरले हरायो । गएराति भएको खेलमा पोर्चुगलको जितमा रोनाल्डोले चार गोल गरे । प्रतियोगितामा पोर्चुगलको यो लगातार दोस्रो जित हो ।

एकतर्फि बनेको खेलको सातौं मिनेटमा नै रोनाल्डोले टिमका लागि पहिलो गोल गरे । २८ औं मिनेटमा लिथुवानियाले एक गोल गर्दै खेल एक एकको बराबरीमा पुर्याए । पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको ६१ औं मिनेटमा,६५, र ७६ औं मिनेटमा लगातार रोनाल्डोले गोल गरेपछि खेलमा पोर्चुगलले चार एकको अग्रता बनायो । त्यसपछि इन्जुरी समयको दोस्रो मिनेटमा विलियन कारभाल्होले गोल गर्दै पोर्चुगललाई पाँच एकको जित दिलाए । यो जितपछि पोर्चुगलको समुह बी मा चार खेलबाट ८ अंक भएको छ ।

यस्तै समुह एच अन्तर्गत फ्रान्सले एन्डोरालाई तीन शुन्यले हरायो । पाँचौ खेलमा जित निकाल्ने क्रममा फ्रान्सले एन्डोरा विरुद्ध सहज जित हात पार्यो । खेलको १८ औं मिनेटमा कोमनको गोलमा अग्रता बनाएको फ्रान्सले ५२ औं मिनेटमा लेंगेटको गोलमा दोब्बर बनायो । त्यसपछि इन्जुरी समयमा बेन येडेरले गोल गर्दै फ्रान्सलाई तीन शुन्यको जित दिलाए । यो जितपछि फ्रान्सको समुहमा पाँच् खेलमा १५ अंक भएको छ ।

समुह ए अन्तर्गत इंग्ल्याण्डले कोसोभमाथि पाँच तीनको जित निकाल्यो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो मिनेटमा नै बेर्साको गोलमा कोसोभले अग्रता बनाएको थियो । तर त्यसपछि इंग्ल्याण्डले लगातार पाँच गोल गर्यो । आठौं मिनेटमा रहिम स्ट्रलिङले गोल गरे भने १९ औं मिनेटमा हेरी केनले दोस्रो गोल गरे ।

यस्तै ३८ औं मिनेटमा इंग्ल्याण्डले उपहार गोलमा अग्रता तीन एकमा पुर्यायो । यस्तै ४४ औं र पहिलो हाफको इन्जुरी समयमा सान्चोले लगातार दुई गोल गरेपछि इंग्ल्याण्ड पहिलो हाफमा नै पाँच एकको अग्रता बनायो । दोस्रो हाफमा कोसोभले दुई गोल फर्काएपनि हार भने टार्न सकेन । इंग्ल्याण्डको प्रतियोगितामा लगातार चौथो जित हो । उसको १२ अंक भएको छ ।