विश्वकप छनाेटमा भारत बराबरीमा राेकिदा अष्ट्रेलियाले कुवेतकाे पाेष्टमा ३ गाेल

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

फिफा विश्वकप छनोट अन्तर्गत गएराति भएको खेलमा भारत बराबरीमा रोकिदा अष्ट्रेलियाले कुवेतलाई तीन शुन्यले हरायो ।

नेपाल विरुद्धको खेलमा सात गोल गरेको कुवेत अष्ट्रेलियासँग भने तीन शुन्यले पराजित भयो । यस्तै भारत कतारसँग गोलरहित बराबरीमा रोकियो । यमनले साउदी अरेवीयालाई बराबरीमा रोक्दा चीनले माल्दिभ्सलाई पाँच शुन्यको भारी अन्तरले पाखा लगायो ।

यस्तै उत्तर कोरीयाले श्रीलंकालाई एक शुन्यले हराउँदा दक्षिण कोरीयाले तुर्कीमिनिस्तानमाथि दुई शुन्यको जित निकाल्यो ।

अर्को खेलमा बंगलादेश अफगानिस्तानसँग एक शुन्यले पराजित हुँदा थाइल्याण्डले इन्डोनेसियालाई तीन शुन्यले पराजित गर्यो । यस्तै जापानले म्यानमारलाई दुई शुन्यको हरायो भने इरानले हङकङमाथि दुई शुन्यले नै पराजित गर्यो ।

अर्को खेलमा सिंगापुरले प्यालेस्टाइनलाई दुई एकले पराजित गर्यो ।