ताइपेइ विरुद्धको जित निकालेको फुटबल टिम आज राति नेपाल पुग्दै

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

चाइनीज ताइपेइ विरुद्धको खेलमा जित निकालेको नेपाली फुटबल टिम आज राती नेपाल आइपुग्नेछ । ताइपई विरुद्ध ऐतिहासिक जित निकालेको नेपाली टिम आज राति ९ बजेर ३५ मिनेटमा नेपालमा अवतरण हुनेछ ।

विश्वकप छनोटमा ऐतिहासिक जित निकालेको नेपाली फुटबल टिम हङकङ हुँदै नेपाल आउनेछ । छनोटमा पहिलो तीन अंक जोडेको नेपाली टिमले अञ्जन विष्टको दुई गोलमा दुई अंक बटुल्यो । उनले खेलको तेस्रो र ६२ औं मिनेटमा गोल गरेका थिए ।

पहिलो खेलमा कुवेतसँग हारेको नेपालले सो घाउको मलम यो जितबाट लगाएको छ । नेपाली टिमका मुख्य सदस्य रोहित चन्दभने ताइपेईबाट नै इन्डोनेसिया जानेछन । उनले आज नै इन्डोनेसियामा लिग फुटबल खेल्नेछन । बाँकि टिम भने स्वदेश फर्किनेछ ।