सिपीएलमा सन्दिपले लिए तीन विकेट, म्यान अफ द म्याच पनि बन्न सफल

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

क्यारेवियन प्रिमियर लिग क्रिकेटमा नेपाली बलर सन्दीप लामिछानेले उत्कृष्ट बलिलङ गरेका छन् । बारबार ट्रिडेन्टबाट खेलिरहेका सन्दीपले ४ ओभर बलिङ गर्दा गत सिजनकाे पूर्व टिम सेन्ट किट्स एण्ड नेभीस प्याट्रियोट्सका तीन जना ब्याट्सम्यानलाई आउट गरेका हुन् ।

टस हारेर ब्याटिङको निम्तो पाएको सन्दीपकाे टिम बारबाडोसले २० ओभरमा दुई विकेट गुमाउँदै १८६ रन बनाएको थियो ।

उसका लागि लेनिको बाउचरले अविजित ६२ रनको योगदान दिए भने जनसन चाल्र्सले ५२ रन जोडे । यस्तै जेपी डुमिनीले ४३ रन बनाए ।

१८७ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स एण्ड नेभस प्याट्रियोट्सको इनिङ्स १५ ओभरमा जारी रहँदा मैदानमा वर्षा भएपछि केहीबेर खेल पनि राेकिएकाे थियाे ।

नेपालका सन्दीपले  ५ औं ओभरमा पहिलो बलिङ गरेका थिए । पहिलाे ओभरमा उनले ७ रन खर्चिएका थिए । दाेस्राे ओभर ११ ओभरमा गरेका थिए । जसमा   सन्दिपले सुरुवाती चार बल डट फाले । पाँचौं बलमा शमर ब्रुक्सले छक्का हाने । अन्तिम बलमा एक रन दिए ।

त्यसपछि १३औं ओभरको पहिलो र अन्तिम बलमा विकेट लिएका थिए । पहिलाे बलमा ब्रुक्सलाई सन्दिपले क्याचआउट गराउँदै व्यक्तिगत पहिलाे सफलता हात पारे । दोस्रो बलमा लाउरी इभान्सले दुई रन लिए । तेस्रो र चौथो बलमा कुनै रन भएन । पाँचौं बलमा इभान्सले चौका प्रहार गरे । इभान्स सेन्ट बारबाडोसका लागि खतरा बनिरहेका थिए । उनले १० चौका र एक छक्का प्रहार गर्दै ६४ रन जोडिसकेका थिए । तर, सो ओभरको अन्तिम बलमा इभान्सलाई सन्दिपले क्याचआउट गराएपछि बारबाडोसले छैटौं सफलता पायो भने सन्दीपले व्यक्तिगत दाेस्राे सफलता हात पारे ।

त्यसपछि १५ औं ओभरमा सन्दिपले कार्लोस ब्राथह्वाइटको विकेट लिए । १५औं ओभरमा तेस्रो बलमा ब्राथह्वाइटलाई सन्दिपले एलबीडब्लूको धरापमा पारेका हुन् ।  यसैबीच सन्दीपकाे टिम १० रनले विजयी भएकाे छ भने उनी म्यान अफ द म्याच समेत भएका छन् ।