विदेशी बुहारी, ज्वाईलाई ७ वर्षपछि नागरिकता दिनेबारे बहस जारी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौं,

सांसदहरूले नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशीलाई ७ वर्षपछि मात्रै नेपाली नागरिकता दिने व्यवस्था गर्नुपर्ने बताएका छन् ।सिहदरबारमा बिहिबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समिति बैठकमा सांसदहरुले नेपालीसँग बिहे गरेर आउनेलाई तत्काल नागरिकता दिन नहुने अडा राख्दै बरु वैवाहिक परिचयपत्र विकल्प हुन सक्ने समेत बताए ।

केहि सांसदहरुले भने १० बर्षपछि मात्र नेपालको नागरिकता दिनुपर्ने धारणा राखेका थिए । बैठकमा कांग्रेसका सांसद दिलेन्द्र बडूले बिहे गरेर आउने विदेशीलाई तत्काल नागरिकता नदिने कुरामा सहमत हुन नसकिने अडान राखे । अहिले सांसदहरूले ७ वर्ष भनिरहेको भएपनि सरकारले ल्याएको विधेयकमा चाहिँ ६ महिनामै निवेदन दिने व्यवस्था रहेको भन्दै आपत्ती जनाए ।

अंगीकृत नागरिकता भनेको बिहे गरेर आउने पुरुषका लागि पनि भएको उल्लेख गर्दै बडूले त्यो व्यवस्था महिलालाई मात्रै ल्याइएको भन्दै सरकारसँग प्रश्न गरे । नेकपा सांसद जनार्दन शर्माले राष्ट्रिय हित अनुकुल हुनेगरि नागरिकता प्रदान गर्ने व्यवस्था हुनुपर्ने धारणा राखे।

सांसद यशोदा सुवेदीले पनि नागरिकताबारे कडा व्यवस्था गर्नुपर्ने बताईन । सांसदले नागरिकता बिधेयकमा बारेमा सरकारको धारणा आउनुपर्ने माग गरेपछि समितिले यस बिषयमा गृहमन्त्रालयसंग छलफल गर्ने निर्णय गरेको छ । नागरिकता ऐन २०६३ मा नेपालीसँग वैवाहिक सम्बन्ध कायम राखेको र विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गरेमा अंगीकृत नागरिकता पाउने व्यवस्था छ ।

अहिले नेपालीसँग बिहे गर्ने महिलाले तत्कालै अंगीकृत नागरिकता पाउने गरेका छन । विधेयकको संशोधनमा भने नागरिकता त्यागेको प्रमाण ल्याएपछि मात्र अंगीकृत नागरिकता पाउने प्रस्ताव गरिएको छ ।