लामखुट्टे त मार्न नसक्ने याे सरकारले बाँकी के पो गर्न सक्ला ?

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक,
काठमाडौं,

नेपाली कांग्रेसले जागरण अभियानका क्रममा बाँकेमा भएको आक्रमणको घटनालाई प्रवृत्तिको रुपमा चित्रण गर्दै त्यसविरुद्ध आन्दोलनको घोषणा गरेको छ । शुक्रबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले उक्त घटनाको विरुद्धमा गृहमन्त्रीको ध्यानाकर्षण गराउनदेखि धर्नासम्मको कार्यक्रम तय गरिएको जानकारी दिए ।

काठमाडौं, ललितपुर तथा भक्तपुरका सभापतिसमेत उपस्थित पत्रकार सम्मेलनमा पार्टी केन्द्रीय र देशभरका जिल्ला सभापतिको प्रतिनिधित्व गरेर उपत्यकाका तीनै जिल्ला सभापतिले ज्ञापनत्र बुझाउने जानकारी शर्माले दिए ।

त्यसैगरी कांग्रेसले घटनाको विरोधमा शनिबार दिउँसो ३ बजे काठमाडौंको माइतीघरमा शान्तिपूर्ण प्रदर्शन गर्ने भएको छ । पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले कांग्रेसमाथिको आक्रमण लोकतन्त्रमाथिको आक्रमण भएको भन्दै दोषीलाई कारवाही नभए थप दवावका कार्यक्रम आयोजना गरिने बताए ।

बिहीबार नेपाली काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुनुभएका सभापति किरण कोइराला लगायतका काङ्ग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो ।

आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ । त्यस्तै काग्रेसले डेंगुका कारण हजारौं नागरिक प्रताडित भइरहेको समयमा जागरण अभियानकै क्रममा यस सम्बन्धी आवश्यक चेतना विस्तार गर्ने निर्णय गरिएको कांग्रेसले जानकारी दिएको छ ।