गोलढुङ्गामा गोली चल्यो, एक घाइते

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
काठमाडौं,

तारकेश्वर नगरपालिका, गोलढुङ्गामा प्रहरीको आज साँझ गोली प्रहारबाट एक व्यक्ति घाइते भएका छन् । महानगरीय अपराध महाशाखाको टोलीले गुण्डागर्दीमा संलग्न साजन गुरुङलाई पक्रन खोज्दा भागेपछि गोली प्रहार भएको हो ।

महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले गोलढुङ्गास्थित फूलबारी रेष्टुराँबाट पक्रन खोज्दा प्रहरीलाई आक्रमण खोजेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको जानकारी दिनुभयो ।

घाइते गुरुङको वीर अस्पतालमा उपचार भइरहेको महाशाखाले जनाएको छ । उनको खुट्टामा गोली लागेको छ । धादिङ घर भएका गुरुङ लामो समयदेखि गुण्डागर्दीमा संलग्न हुँदै आएको प्रहरीको जिकिर छ । उनका साथबाट एक थान कटुवा पेस्तोलसमेत बरामद गरिएको महाशाखाले जनाएको छ । रासस