बाँके घटना राष्ट्रियसभामा पनि प्रवेश

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

बाँके घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा बैठक पनि अवरुद्ध गरेको छ ।

आइतबार बसेको राष्ट्रियसभाको बैठकमा उक्त घटनाको बिषयमा सरकारको धारणा माग गर्दै काग्रेसका सांसदहरुले उठेर विरोध जनाएका थिए । बैठकमा काग्रेस सांसद बद्री पाण्डेले उक्त घटनाका दोषीलाई कारवाही नगरेको भन्दै गृहमन्त्रालको ध्यानाकर्षण गराएका थिए । उहाले जागरण अभियानका क्रममा आफुहरुलाई सत्तापक्ष दलले पेल्न खोजेको आरोप समेत लगाए । उनले यस बिषयमा गृहमन्त्रीको जवाफ माग गरे ।

लगतै उक्त घटनाको बारेमा जानकारी दिदै गृहमन्त्री रामबहादुर थापा बादलले उक्त घटनाका दोषी पक्राउ गरिसकेको जानकारी गराएका थिए । त्यस्तै आगामी दिनमा त्यस्तो घटना घट्न नदिन सरकार गम्भीर रहेको पनि बताए ।

गृहमन्त्रीको जवाफपछि प्रतिप्रश्न गरेका काग्रेस सांसदहरुले जवाफ चित्त नबुझेको भन्दै बैठकमा उठेर विरोध जनाए । त्यसपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले ३० मिनेटका लागि बैठक स्थगीत गर्नुभयो । आइतबार नै बसेको राष्ट्रियसभाको बैठकमा पनि काग्रेस सांसदहरु उठेर विरोध जनाएपछि बैठक सोमबार बिहान ११ बजेसम्मका लागी स्थगीत गरिएको छ ।