विशेष समिति म्याद थप

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १७ बमोजिम गठित अध्ययन तथा सुझाव संसदीय विशेष समितिको म्याद अर्को अधिवेशनसम्मका लागि थप भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख कृष्णबहादुर महराले राखेको म्याद थपसम्बन्धी प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन ग-यो ।

बैठकमा प्रतिनिभिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रियसभाबाट प्राप्त सन्देशहरु ‘सेफगार्ड, एन्टी–डम्पिङ तथा काउण्टरभेलिङ विधेयक, २०७५, र ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०७५’ सन्देशहरु टेबुल गरे ।

त्यस्तै प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले ‘औद्योगिक व्यवसाय विधेयक, २०७५” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराए ।