युराेपा लिगमा आर्सनलकाे सहज जित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

यूइएफए युरोपा लिगमा आर्सनलले समुह चरणको पहिलो खेलमा फ्रांकफर्ट टिममाथि तीन शुन्यको सहज जित निकालेको छ ।

समुह एफ अन्तर्गत फ्रांकफर्टको घरेलु मैदानमा भएको खेलको सुरुवाती आधा घण्टा गोलरहित बराबरी खेलको आर्सनलले ३८ औं मिनेटमा अग्रता बनायो । उसका लागि जोसेफ विललोकले गोल गर्न सफल भए ।

पहिलो हाफमा एक गोलले पछि परेको फ्रांकफर्ट टिम ७९ औं मिनेटमा १० खेलाडीमा झर्न पुग्यो । उसका मिडफिल्डर डोमिनिक कोह दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीए । त्यसको फाइदा उठाउँदै आर्सनलले ८५ औं मिनेटमा दोस्रो गोल गर्यो । यसपटक उसका लागि साकाले गोल गरे । त्यसपछि ८७ औं मिनेटमा अबामुयाङले गोल गर्दै आर्सनललाई यो सिजनको युरोपा लिगमा पहिलो तीन अंक दिलाए ।

पुरै खेलमा बुकायो साकाले उत्कृष्ट प्रदर्शन गर्न सफल भएन। उनले दुई एसिस्ट गर्नुका साथै एक गोल गरे । उनी आर्सनलकोयुथ एकेडेमीका उत्पादक हुने । उनले पहिलो पटक युरोपा लिग खेलेका हुन ।