सेभियाकाे युराेपा लिगमा सहज जित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

युरोपा लिगको समुह ए अन्तर्गतको खेलमा पूर्व च्याम्पियन सेभियाले क्वाराबागलाई तीन शुन्यले हराएको छ । उपाधिको दावेदार मानिएको टिम सेभियाको जितमा जाभियर हर्नान्डेस, मुनीर र अलिभेर टोरेसले एक एक गोल गरे।

बाकुमा भएको खेलमा घरेलु टिम विरुद्ध सेभियाले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । तर दोस्रो हाफमा उसले तीन गोल गर्न सफल भयो । जसमा ६२ औं मिनेटमा हर्नान्डेजले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसपछि ७८ औं मिनेटमा मुनीरले बानेगाको पासमा उत्कृष्ट गोल गरेपछि पाहुना टिम सेभिया दुई शुन्यले अगाडी रह्यो । ८५ औं मिनेटमा ओलिभर टोरेसले टिमका लागि तेस्रो गोल गरे । त्यसपछि घरेलु टिम क्वाराबाग खेलमा फर्कन सकेन र सेभियाले नयाँ सिजनको युरोपा लिगमा पहिलो जित निकाल्यो ।