युनाइटेडकाे एस्तानामाथि कठिन जित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले एस्तानामाथि एक शुन्यको कठिन जित निकालेको छ ।

घरेलु मैदान वल्र्ड ट्राफोर्डमा भएको खेलमा मासोन ग्रिनवडको एकमात्र गोल युनाइटेडलाई घरेलु मैदानमा बराबरी हुनबाट जोगाउन सफल भयो । युनाईटेडका लागि पहिलो गोल गरेका युवा खेलाडी मासोन २००० मा जन्मिएका हुन । युनाइेटडका लागि कम उमेरमा गोल गर्ने उनी पहिलो खेलाडी बनेका छन ।

कजाकस्तान टिम विरुद्धको खेलमा युनाइेटडले निकै दबाव दिएको थियो । ७५ प्रतिशत बल पोसेसन बनाएको युनाइटेडले पुरै खेलमा २० वटा सट प्रहार गरेको थियो । जसमा सात वटा पोष्टमा रहेका थिए । तर गोल भने एकमात्र हुन सक्यो । ७३ औैं मिनेटमा मासोनले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । तर त्यसपछि बाँकि समयमा दुबै टिमबाट थप गोल हुन सकेन र युनाइेटडले घरेलु मैदानमा झिनो अन्तरको जित निकाल्यो ।