सुरक्षाकाे जिम्मा सरकारले लिएपछि श्रीलंकाले ताेकेकै मितिमा पाकिस्तान भ्रमण गर्ने

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

श्रीलंकाले पाकिस्तानमा गर्ने भनिएको क्रिकेट टुर यसअघिको तालिका अनुसार नै हुने भएको छ । पाकिस्तानमा क्रिकेट सिरीज तय भइसकेको अवस्थामा सुरक्षाका कारण श्रीलंका क्रिकेट बोर्डले अन्योल खडा गरेको थियो । तर पाकिस्तान क्रिकेट बोर्डले राष्ट्रपतिलाई दिने सुरक्षा दिने बताएपछि श्रीलंका टिम जाने भएको हो ।

पाकिस्तानको हाई कमिश्नरले सरकारको तर्फबाट सबै सुरक्षाको जिम्मा लिने बताएपछि श्रीलंका टिमले यसअघि तय भएको मितीमा पाकिस्तान जाने भएको हो । श्रीलंका टिमका लागि पाकिस्तानले हेड अफ स्टेटलाई दिने सुरक्षा दिनेछ ।

गत साता श्रीलंकाको सरकारले नै सुरक्षाका विषयमा लिएर अन्योल खडा गरेको थियो । त्यसपछि श्रीलंकन क्रिकेट बोर्डले पाकिस्तान क्रिकेट बोर्डसँग फेरी सुरक्षाका विषयमा वारेन्टी मागेपछि यो टुर संभव हुने भएको हो ।

पाकिस्तान क्रिकेट बोर्डले सरकारसँगको छलफलपछि श्रीलंकन क्रिकेट बोर्डलाई जवाफ पठाएको थिो । अब श्रीलंकन क्रिकेट टिमको सुरक्षाको जिम्मा बोर्डले भन्दापनि सरकारले नै लिएको छ ।

श्रीलंकन क्रिकेट टिममाथि आक्रमण भएपछि पाकिस्तानमा आइसीसीले कुनैपनि क्रिकेट सिरीज गर्न स्विकार गरेको थिएन । यसपटक लामोसमय पछि पाकिस्तानमा श्रीलंकाले एकदिवसिय र टी–२० सिरीज खेल्नेछ ।

सुरक्षाका कारण श्रीलंकाले यो सिरीजलाई तथष्ट मैदानमा गराउने की भन्न प्रस्तावपनि गरेको थियो । जसलाई पाकिस्तान क्रिकेट बोर्डले अस्विकार गरेको थियो । श्रीलंकन टिम करिव एक दशकपछि पाकिस्तान भ्रमणमा जाने निश्चित भएको छ । जसमा कराँचीमा एकदिवसिय र लाहोरमा टी–२० सिरीज हुनेछ ।