सन्दिपले सिपीएलमा लिगका ४ र प्लेअफका खेल गुमाउने

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

नेपाली लेग स्पिनर सन्दिप लामिछाने हाल वेष्ट इन्डिजमा जारी क्यारेवियन प्रिमियर लिगमा ब्यस्त रहेका छन । लगातार दोस्रो सिजन क्यारेबियन प्रिमियर लिग खेलिरहेका सन्दिपले तीन खेलमा चार विकेट लिएका छन । अब उनको टिमले भोली राती चौथो खेल खेल्दैछ । यो सिजनको सुरुवातबाट नै प्लेइङ सेटमा परेका सन्दिपले सिपीएलको अन्तिम चार खेल भने गुमाउने भएका छन ।

नेपाली क्रिकेट टिमले सिंगापुर र ओमानमा दुई वटा टी–२० सिरीज खेल्ने भएकाले उनी विचमा नै नेपाली टिममा फर्कनेछन । दुबै सिरीजका लागि सन्दिप टिममा परेका छन ।

उनी नेपाली टिमबाट खेल्ने भएकाले सिपीएलको अन्तिम चार खेल र टिम प्लेअफमा पुगेमा ती खेलपनि गुमाउनेछन ।

सन्दिपको टिम र्बाबाडोस हाल तीन खेलमा एक जितका साथ पुछारबाट दोस्रो स्थानमा रहेको छ । उसलाई शिर्ष चारमा पुग्ने संभावना अझै बाँकी नै रहेको छ । सन्दिपले नेपाली टिमलाई सिंगापुरमा जोइन गर्नेछन ।

सिंगापुर र ओमानमा हुने टी–२० सिरीजका लागि नेपाली टिमको आज घोषणा गरिएको छ । जसमा पहिलो पटक कुशल मल्ल र इशान पाण्डे टिममा परेका छन ।