एएफसी यू–१६ च्याम्पियनसिप : ताजकिस्तानसँग नेपाल फराकिलाे अन्तरमा स्तव्ध

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

एएफसी यू–१६ च्याम्पियनसिप छनोटको तेस्रो खेलमा नेपालले ताजकिस्तानसँग लज्जास्पद नतिजा स्वीकार गरेकाे छ ।  गएराति भएकाे खेलमा नेपाल ताजिकिस्तानसँग ७-० गोलको फराकिलो अन्तरले पराजित भयाे ।

प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा पहिलो हाफमा ४-० ले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल खाएको थियो ।

जितसँगै ताजिकिस्तानले अपराजित यात्रा कायम राखेको छ । ताजिकिस्तानले ३ खेलबाट ९ अंक जोडेको छ । ३ खेलमा दुई हार व्यहोरेको नेपालको १ अंक छ ।

यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७-० ले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले कुवेतसँग १-१ गोलको बराबरी खेलेको थियो ।

नेपालले अब अन्तिम खेलमा आइतबार श्रीलंकासँग खेल्नेछ ।