अफगानिस्तान विरुद्दकाे टी-२० खेलमा बंगलादेश ४ विकेटले विजयी

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

अफगानिस्तान विरुद्धको टी २० क्रिकेट खेलमा बंगलादेश ४ विकेटले विजयी भएको छ । बंगलादेश, अफगानिस्तान र जिम्बावे सम्मिलित त्रिकोणात्मक सिरीजको छैटौ खेलमा बंगलादेशले सहज जित हात पार्यो ।

पहिले ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ३८ रन बनायो । उसका लागि हर्जतुल्लाह जाजाईले ४७ रन बनाए भने रहमनुल्लाह गुरबाजले २९ तथा सफिकुल्लाहले २३ रन बनाए ।

जवाफमा बंगलादेशले १९ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । उसको जितमा कप्तान सकिव अल हसनले ७० तथा मुस्फिकुर रहमानले २६ र मोसादेक शुसेनले १९ रनको योगदान गरे ।