चेल्सीका लागि लाम्पार्डकाे अर्काे परिक्षा, नयाँ रेकर्ड बनाउने दाउमा लिभरपुल

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

इंग्लिस प्रिमियर लिगमा आज दुई ठुला क्लव चेल्सी र लिभरपुल विच प्रतिस्पर्धा हुँदैछ । चेल्सीका लागि सिजनको यो दोस्रो ठुलो भिडन्त हो । यता लिगमा अपराजित लिभरपुलका लागि पनि आज रातिको खेलले ठुलो महत्व राख्नेछ ।

च्याम्पियन्स लिगको समुह चरणमा नापोलीसँग पराजित भएपछि लिभरपुल पहिलो पटक मैदानमा उत्रदैछ । सो हारले चेल्सी विरुद्धको खेलमा कुनै प्रभाव नपार्ने क्लवका प्रशिक्षक जुर्गेन क्लोपले बताइसकेका छन ।

लिभरपुल विरुद्धको खेलमा चेल्सीका मासोन माउन्ट फिटनेसका कारण खेल्ने संभावना निकै कम रहेको छ । यस्तै नोगोलो कान्टे फिटनेश टेष्टमा पास भएपनि इमेर्सन पाल्मेरी भने आज खेल्नेमा शंका नै रहेको छ ।

यता लिभरपुलका ओरीगीपनि आजको खेल गुमाउने भएका छन । यस्तै मुख्य गोलकिपर एलिसोन र नाथानियल क्लेन चेल्सी विरुद्धको खेल गुमाउनेछन । केइटा भने प्रशिक्षणमा फर्किएका छन ।

आजको खेलमा चेल्सीको युवा खेलाडी मासोन माउन्ट, टमी अब्राहम र फिकायो टोमोरीको रियल परिक्षा हुनेछ । उनी टिममा आएपछि चेल्सी लयमा देखिएको छ ।

पछिल्ला नौ प्रिमियर लिगका खेलमा चेल्सीले लिभरपुललाई एक पटकमात्र हराउन सकेको छ । चेल्सीको मैदानमा खेल्दा लिभरपुलले पछिल्ला ११ खेलमा पाँच मा जित निकालेको छ । चेल्सीले लिभरपुल विरुद्ध पछिल्ला २० खेलमा हरेकमा गोल गरेको छ ।

आज लिभरपुलले चेल्सीलाई हराएमा प्रिमियर लिगमा लगातार ६ खेलमा जित निकाल्ने पहिलो क्लव हुनेछ । यसका साथै उसले लगातार १४ खेलमा जित निकाल्दै क्लव रेकर्ड पनि बनाएको छ ।