ला लिगामा रियलकाे कठिन जित, सेभिया १-० ले पराजित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

स्पेनीस ला लिगामा रियल मड्रिडले सेभियालाई एक शुन्यले हराएको छ । च्याम्पियन्स लिगमा पीएसजीसँग तीन शुन्यले हारेपछि पहिलो पटक मैदानमा उत्रिएको रियलले सेभियामाथि कठिन जित हात पार्यो ।

सेभियाको मैदानमा भएको खेलमा रियलले पहिलो हाफ गोलरहित बराबरी खेलेको थियो । त्यसो त उसले मौकाहरुको सिर्जना गरेपनि गोल भने गर्न सकेन । दोस्रो हाफमा भने रियलले खेलमा अग्रता बनायो ।

उसका लागि करिम बेन्जिमाले गोल गरे । कारभाजेलको पासको सदुपयोग गर्दै उनले गोल गरेका थिए ।

त्यसपछि सेभिया खेलमा फर्कन सकेन र रियलले तीन अंक जोड्यो । यो जितले रियलले शिर्ष स्थानको एथ्लेटिक क्लवसँग अंक बराबरी गरेको छ । दुबैको पाँच खेलमा ११ अंक भएको छ ।