डर्टमण्ड फ्रांकफर्टसँग दुई दुई गोलको बराबरीमा रोकियाे

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

जर्मन बुन्डेसलिगामा उपाधिको दावेदार टिम बोरुसिया डर्टमण्ड फ्रांकफर्टसँग दुई दुई गोलको बराबरीमा रोकिएको छ ।

५१ हजार दर्शक माझ भएको खेलमा डर्टमण्डले दुई पटकको अग्रतालाई जोगाउन सकेनन् । खेलको ११ औं मिनेटमा हाजार्डको पासमा विजेलले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए । तर ४३ औं मिनेटमा आन्द्र सिल्भाको गोलमा फ्रांकफर्टले खेल बराबरी गर्न सफल भयो ।

पहिलो हाफ एक एक गोलको बराबरीमा सकिएको खेलको ६६ औं मिनेटमा फेरी डर्टमण्डले अग्रता बनायो । यसपटक उसका लागि विजेलको पासमा सान्चोले गोल गर्न सफल भए ।

तर ८८ औं मिनेटमा डिलानेले आत्मघाती गोल गरेपछि डर्टमण्डले हात पारिसकेको तीन अंक बाड्नु पर्यो । यो बराबरीले उसलाई शिर्ष स्थानको लिपजीङसँग अंक बराबरी गर्ने मौका गुमायो ।