पिएसजीकाे जितमा नेयमारकाे गाेल

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

फ्रेन्च लिग वनमा साविक विजेता पेरीस सेन्ट जर्मेनले जितको यात्रालाई निरन्तरता दिएको छ । गएराति भएको खेलमा पीएसजीले ओलम्पिक लियोनायरलाई एक शुन्यले पराजित गर्यो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा पीएसजीको जितमा नेयमारको एकमात्र गोल निर्णायक बन्यो । पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ८७ औं मिनेटमा नेयमारले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसपछि ओलम्पिक लियोनयस खेलमा फर्कन सकेन र पराजित भयो । यो जितले पीएसजीले ६ खेलमा १५ अंक बनाउँदै शिर्ष स्थानमा उक्लिएको छ । लियोनायस भने नबौ स्थानमा छ । उसको ६ खेलमा आठ अंक रहेको छ ।