एस्टाेन भिल्ला विरुद्ध आर्सनलकाे राेमाञ्चक जित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

प्रिमियर लिगमा आर्सनलले एस्टोन भिल्लाविरुद्ध तीन दुईको रोमाञ्चक जित निकालेको छ । त्यसोत आर्सनलले दुई पटक खेलमा पछि परेको अवस्थामा जित निकाल्न सफल भयो ।

खेलको २० औं मिनेटमा म्यागनिनले गोल गर्दै एस्टोन भिल्लालाई अग्रता दिलाए । आर्सनलका डिफेन्डरलाई चक्मा दिदै उनले गोल गर्न सफल भए । ४१ औं मिनेटमा आर्सनल १० खेलाडीमा झर्न पुग्यो । उसका मेइतल्याण्ड निल्स दोहोरो पहेलो कार्ड पाँउदै मैदानबाट बाहिरीएपछि आर्सनल १० खेलाडीमा झर्न पुग्यो । पहिलो हाफमा एक गोलले पछि परेको आर्सनलले ५८ औं मिनेटमा पेनाल्टीको अवसर पायो । जसलाई पेपेले गोलमा परिणत गर्दै खेल बराबरीमा पुर्याए ।१० खेलाडीमा झरेको आर्सनल विरुद्ध एस्टोन भिल्लाले ६० औं मिनेटमा फेरी अग्रता बनायो । यसपटक उसका लागि वेस्लीले गोल गरे ।
त्यसपछि ८४ औं मिनेटमा आर्सनलका अबामयाङले गोल गर्दै टिमलाई अग्रत दिलाए । त्यसपछि एस्टो भिल्ला खेलमा फर्कन सकेन र आर्सनलले तीन अंक बटुल्न सफल भयो ।