लिभरपुलकाे अपराजित यात्रा कायमै, चेल्सी २-१ ले पराजित

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले चेल्सीलाई दुई एक गोलले हराएको छ । योसँगै लिभरपुलले प्रिमियर लिगमा आफ्नो अपराजित यात्रालाई कायमै राख्न सफल भएको छ । यता चेल्सीका लागि भने यो सिजनको दोस्रो हार हो ।

चेल्सीको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले पहिलो हाफमा नै दुई गोल गर्न सफल भयो । १४ औं मिनेटमा मोहम्मद सलाहको पासमा एलेजान्देर आर्नाल्डले गोल गर्दै टिमलाई अग्रता दिलाए ।

त्यसपछि ३० औं मिनेटमा रोबर्टसनको पासमा रोबेर्टो फेरमिन्होले लिभरपुलको अग्रता दुई शुन्यमा पुर्याए । पहिलो हाफमा दुई गोलको अग्रता बनाएको लिभरपुलले दोस्रो हाफको सुरुवातमा नै दुई वटा सुन्दर मौका पाएको थियो । जसमा चेल्सीको गोलकिपरले उत्कृष्ट बचाउ गरे । एकपटक लिभरपुलका फेरमिन्होको प्रहारलाई बचाए भने अर्को पटक आत्मघाती हुने मौकालाई टारे ।

यता युवा खेलाडीले भरिएको चेल्सीले पहिलोहाफमा डरलाग्दो मुभ बनाउन सकेन । तर ५८ औं मिनेटमा उसले दुई पटक गोलको मौका पाएको थियो । एकपटक अब्राहम चुके भने अर्कोपटक कान्टेको प्रहार पोष्ट नजिकैबाट बाहिरीयो ।

दुई गोलले पछि परेको चेल्सीले ७१ औं मिनेटमा एक गोल फर्काउन सफल भयो । उसका लागि कान्टेले गोल गर्दै अन्तर दुई एकमा पुर्याए । त्यसपछि पनि चेल्सीले अरु दुई वटा मौका पाएको थियो । तर एउटा प्रहार पोष्ट नजिकैबाट बाहिरीयो भने एउटा गोलकिपरले बचाए ।
यो जितले लिभरपुलले ६ खेलमा १८ अंक बनाएको छ ।