एलजीको स्मार्ट टिभीमा अब प्रभु टिभी एप्स सित्तैमा

Share on facebook
Share on google
Share on twitter
Share on linkedin
Share on whatsapp
हिमाल दैनिक
काठमाडौं,

एलजी कम्पनीले नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै उपभोक्तामा दोब्बर खुशीको बृद्धि गरेको छ।

चौधरी ग्रुप अन्र्तगत रहेको एलजी नेपालले चाडपर्वको अवसरमा ल्याएको डब्बल खुशीको बृद्धि अन्र्तगत एलजीका हरके टेलिभिनको खरिदमा ६ महिनाको लागि प्रभु टिभी एप्सको सदस्यता सितैमा प्रदान गर्ने घोषणा गरेको हो।

यो सुबिधा एलजीका पुराना खरिद गरिसकेका टेलेभिजनहरुमा पनि उपलब्ध गराइएको कम्पनीले प्रेस विज्ञप्तिमार्फत जनाएको छ।

सदस्यहरुको सदस्यता एलजी टिभीको प्रभु एप्समा लगिन गरेपछि सुरु हुनेछ। यो कार्य योजना सुरु भएको ३ महिना भित्र गर्नुपर्ने छ। यो योजना असोज १ देखि लागु गरिएको हो।

एलजी नेपालको एकमात्र टेलेभिजन हो जस्ले प्रभु टिभी एप्स सबै प्रयोगकर्ताहरुलाई ६ महिनाको निसुल्क सदस्यता प्रदान गरेको हो।